कानेपोखरी गाउँपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ|

कानेपोखरी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

मोरङ जिल्लाका साविकका बयरवन, केरौन र होक्लाबारी गाउं विकास समितिहरूलाई एकिकृत गरी स्थानीय तह पुनसंरचना आयोगको सिफारिस अनुसार नेपाल सरकारकोे निर्णय बमोजिम २०७३ सालमा स्थापित नयॉ गाउ‘पालिका हो । प्रदेश नं. १ को दक्षिणी क्षेत्रमा अवस्थित मोरङ जिल्लाको सदरमुकाम बाट पूर्व भागमा रहेको यस गाउ‘पालिकाको सम्पूर्ण क्षेत्र समथल भुभागमा पर्दछ । पूर्वमा पथरीसनिस्चरे र सुनवर्सी नगरपालिका, पश्चिममा बेलबारी नगरपालिका, उत्तरमा लेटाङ नगरपालिका तथा दक्षिणमा रङ्गेली नगरपालिकासंग जोडिएर समुद्र सतहबाट करिव ७५ मिटर उचाईमा रहेको  यो गाउ‘पालिका कुल ८२.८३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउ‘पाकिाको कुल क्षेत्रफल मध्ये जम्मा ४८२५ हेक्टर जमिन (कुल क्षेत्रफलको ८५ ५) कृषि योग्य जमिनको रुपमा रहेको भएता पनि उक्त कृषि योग्य जमिन मध्ये ७५ ५ मात्र भुभाग कृषि उपज उत्पादनकालागि प्रयोगमा आएको पाईन्छ । केन्द्रिय तथ्याङ्क विभागको २०६८ सालको तथ्याङ्कका आधारमा हेर्दा यस गाउ‘पालिकाका ८६८३ घर परिवारमा महिला २०५४१ तथा पुरुष १७४९२ गरी कुल ३८०३३ जनसंख्या रहेको देखिन्छ भने यसै गाउ‘पालिकाको बस्तुगत विवरण २०७४ का आधारमा २०७४ सालमा ८७९४ घर परिवारमा बसोबास गर्ने महिला २५३५५ र पुरुष २४४३६ गरी कुल ४९७९१ पुगेको देखिन्छ । प्रशासनिक सुगमता र सुशासनको ब्यवस्थपनकालागि ७ वटा वडामा विभक्त गरिएको यस गाउ‘पालिकाको दिगो विकासको आधार तयार गर्न विद्यामानमा रहेका र आगामि दिनमा स्थापना हुने समेतका पूर्वाधारहरू लगायतका सवै पूर्वाधार र धन जनको सुरक्षाकालागि संभावित बिपद्को ब्यवस्थापन गर्न सक्ने वातावरणको तयार गर्न अनिवार्य छ ।