कोरोना भाइरस (कोभिड-१९) को आतङकले मुलुक पुरै लकडाउन रहेको अवस्थामा कानेपोखरी गाँउपालिकाले गाँउपालिका भरी अति विपन्न परिवारलाई राहत बितरण कार्यक्रम शुरुवात गरेको छ | गाँउपालिका अध्यक्ष तारा ब.काफ्ले,उपाध्यक्ष राजमति ईङगनाम ,वडा अध्यक्षहरु , पार्टी प्रतिनिधि पत्राकार सुरक्षाकर्मीको उपस्थितिमा कानेपोखरीको वडा नं.७ वरगाछीबाट शुभराम्भ गरेको छ |पहिलो चरणमा सातैवटा वडाका जम्मा १०३५ घरपरिवारलाई राहत वितरण गर्ने/तथा थप अरु विपन्न परिवारको पहिचान गरि क्रमश राहत दिने कार्यक्रम रहेको छ |